कीर्तिपुरमा जीतको उल्लास (तस्वीरसहित)

October 30, 2023

आजदेखि सुरु भएको टी-२० विश्वकपको एसिया छनोटमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित निकाल्दै सुखद सुरुआत गरेको छ ।

यो सुखद अवसरमा कीर्तिपुर मैदानमा उपस्थित दर्शकले खुसियाली मनाएका छन् ।

दशैं बिदा सकिएलगत्तै छनोट खेल सुरु भएकोले कीर्तपुर मैदानमा बिहानैदेखि दर्शकको क्रेज थियो । उनीहरूले खेल सुरु भएसँग नेपाली टोलीलाई साथ दिएका थिए ।

नेपालको पहिलो जितसँगै विश्कप छनोट यात्रा सहज बनेको भन्दै दर्शकहरूले हुटिङसमेत गरेका थिए ।

पहिलो खेलमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेटाएको हो ।

अर्को खेलमा नेपालले मलेसियासँग खल्नेछ ।

 

हाम्रो बारेमा

जिन्दगीको अर्को नाम यात्रा हो ।
त्यहि जिवन जिवनको लागी सुरु गरिएको फिरन्ते यात्री संग आउनुहोेस यात्रा गरौँ ।

सम्पर्क

प्रकाशक/सम्पादक : ………………..
फोन नं : ……………..
इमेल:firante.yatri@gmail.com
विज्ञापनको लागि: firante.yatri@gmail.com
ठेगाना :

मेनु