टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप टिममा फर्किए

October 30, 2023

टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।

सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो ।

टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम ) ढकाल र सागर ढकाल टिममा अटाएनन्।

एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौंको कीर्तिपुर र मुलपानीमा हुनेछ

८ टिम सहभागी हुने छनोटबाट शीर्ष दुई टिम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।

नेपाल रहेको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ ।

 

हाम्रो बारेमा

जिन्दगीको अर्को नाम यात्रा हो ।
त्यहि जिवन जिवनको लागी सुरु गरिएको फिरन्ते यात्री संग आउनुहोेस यात्रा गरौँ ।

सम्पर्क

प्रकाशक/सम्पादक : ………………..
फोन नं : ……………..
इमेल:firante.yatri@gmail.com
विज्ञापनको लागि: firante.yatri@gmail.com
ठेगाना :

मेनु