नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित

October 30, 2023

टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले ७४ रन योगदान गरे । यसैगरी आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।

 

हाम्रो बारेमा

जिन्दगीको अर्को नाम यात्रा हो ।
त्यहि जिवन जिवनको लागी सुरु गरिएको फिरन्ते यात्री संग आउनुहोेस यात्रा गरौँ ।

सम्पर्क

प्रकाशक/सम्पादक : ………………..
फोन नं : ……………..
इमेल:firante.yatri@gmail.com
विज्ञापनको लागि: firante.yatri@gmail.com
ठेगाना :

मेनु